fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्छ : स्वास्थ्यमन्त्री

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिएका छन् । शिक्षा मन्त्रालय मातहत रही निर्माणधीन सो कलेजलाई स्वास्थ्य मन्त्रालयकै मातहतमा प्रतिष्ठान बनाउनुपर्ने मन्त्री ढकालको भनाइ थियो ।

सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहेका मन्त्री ढकालले मेडिकल कलेजको भौतिक प्रगति सन्तोसजनक रहेकाले यसको थप विकासमा सहयोग हुने विश्वास दिलाए । गेटा कलेजले सुदूरपश्चिमका मात्रै नभई कर्णाली तथा प्रदेश ५ का नागरिकलाई समेत सेवा पुर्‍याउने उनको भनाइ थियो । यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरेर अगाडि बढ्नुपर्ने उनले बताए । हरेक प्रदेशमा एक/एक वटा प्रतिष्ठान बनाउने सरकारको लक्ष्यअनुसार गेटा मेडिकल कलेजलाई प्रतिष्ठान नै बनाउनुपर्ने उनको जोड थियो ।

विनियोजित रकम समयमै खर्च गरे सरकारले पनि आवश्यकताको आधारमा थप बजेट व्यवस्था गर्ने मन्त्री ढकालले बताए । ‘गेटा मेडिकल कलेजको भौतिक प्रगति हेर्दा आशलाग्दो देखियो । जुनसुकै सहयोग गर्न सरकार पछि हट्दैन,’ उनले भने ।

उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पनि गेटा मेडिकल कलेजलाई प्रतिष्ठानकै रुपमा विकास गरिनुपर्ने बताए ।

कलेजको भौतिक प्रगति करिब ७० प्रतिशत सम्पन्न भएको मेडिकल कलेज पूर्वाधार निर्माण समितिले जनाएको छ । शिक्षा मन्त्रालय मातहतको मेडिकल पूर्वाधार निर्माण समिति भएकाले हाललाई पूर्वाधार निर्माणको मात्रै काम सकिएको समितिका इन्जिनियर पवन रावलले बताए । कलेज निर्माणका लागि अनिवार्य कामका लागि ९ वटा प्याकेज बनाएर काम थालिएको उनले जानकारी दिए । उनका अनुसार हाल ७ वटा प्याकेज सम्पन्न हुन लागेको छ ।

मन्त्री ढकालले गेटा आँखा अस्पतालको समेत अनुगमन गरेका छन् । आखाँको उपचारका लागि विश्वासलाग्दो मुलुक बनेकाले यसको विस्तार आवश्यक रहेको मन्त्री ढकालको भनाइ थियो । धनगढी उपमहानगरपालिका– ३ स्थित निर्माणधीन आयुर्वेदिक अस्पतालको समेत मन्त्री ढकालले अनुगमन गरे ।

प्रकाशित समय १८:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु