fbpx
newskarobar-job-vacancy
NIC ASIA- magh 1

गृहपृष्ठ पाल्पामा सुत्केरी गाउँपालिका

पाल्पामा सुत्केरी गाउँपालिका

sutkeri-newskarobar

पाल्पाको पूर्वखोला गाउँपालिकालाई प्रदेश ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । बिहीबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेका हुन् ।

मन्त्री बरालले पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाको प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालाई हस्तान्तरण गर्दै प्रदेश ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका गराउन सफल भएकोमा गाउँपालिकालाई धन्यवाद दिए ।

गाउँपालिकाभित्र गत आर्थिक वर्षमा ३१० सुत्केरी भएकामा पूर्वखोलाका विभिन्न स्वास्थ्य संस्थाबाट १६९ र अन्य स्वास्थ्य संस्थाबाट १४१ रहेको स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए ।

वैशाख २३ गते वडा नम्बर ५ वीरकोटबाट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा सुरु गरेको गाउँपालिकाले भदौ ३ गते वडा नम्बर ३ रिङनेरह, भदौ २४ गते वडा नम्बर ६ को हेक्लाङ, असोज ११ गते वडा नम्बर २ जल्पा र असोज १५ गते वडा नम्बर ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो । (रासस)

प्रकाशित समय १३:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु