fbpx
Rashifal Ad

गृहपृष्ठ चेम्बर अफ कमर्सद्वारा छात्रवृत्ति प्रदान

चेम्बर अफ कमर्सद्वारा छात्रवृत्ति प्रदान

scholaship_nepal chamber of commerce-news karobar

नेपाल चेम्बर अफ कमर्सले ५ जना छात्रालाई स्नातक तह अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनती तथा जेहेन्दार छात्राहरुलाई चेम्बर अफ कमर्सले छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति पाउने छात्राहरुमा संखुवासभाकी अनु पौडेली, इटहरीकी मेनुका गुरुङ, रौतहटकी सुप्रया ठाकुर, दोलखाकी अन्वेषा खड्का र काठमाडौैंकी कृटिना श्रेष्ठ रहेकी छन् । छात्राहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको चेम्बर अफ कमर्सका निर्देशक किरण अधिकारीले बताए ।

उनका अनुसार छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले एपियुसँग आवद्ध एलबिइएफ(लर्ड बुद्ध) क्याम्पस मैतिदेवीमा स्नातक तहअन्तर्गत ३ बर्षे बिजनेस म्यानेजमेन्ट पढ्न पाउने भएका छन् । चेम्बर र लर्डबुद्ध क्याम्पसबीच भएको समझदारी अनुसार छात्रवृत्ति प्रदान गरिने छात्राहरुको छनोटका लागि एक समिति गठन गरिएको थियो ।

१०+२ वा सो सरह उत्तीर्ण गरेका छात्राहरूले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । छनोटमा परेकाहरूले ३ वर्ष अवधिभर ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गर्नेछन् ।

आगामी बर्षदेखि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी विद्यार्थी छनोट गर्ने व्यवस्था मिलाइएको चेम्बर अफ कमर्सका शिक्षा तथा खेलकुद समितिका अध्यक्ष दिपककाजी तुलाधरले बताए ।

प्रकाशित समय १५:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु