fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ प्रदेश २ का ९९ विद्यार्थीलाई ल्यापटप वितरण

प्रदेश २ का ९९ विद्यार्थीलाई ल्यापटप वितरण

lyaptop-newskarobar

प्रदेश २ का ९९ विद्यार्थीलाई ल्यापटप वितरण गरिएको छ । श्रीराम माध्यमिक विद्यालय मटिहानीका ७४ र श्री मावि मझौराका २५ छात्रछात्रालाई ल्यापटप वितरण गरिएको हो ।

महोत्तरीको मटिहानी नगरपालिकाले आयोजना गरेको ल्याप्टप वितरण कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्रको भेदभाव अन्त्य गर्दै समानता ल्याइएमात्र समृद्धि सम्भव हुने बताए । मटिहानी नगरपालिकाका सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रछात्रालाई ल्यापटप वितरण गर्दै उनले भने, ‘विश्वका समृद्ध मुलुकमा महिला, पुरुष, दलित, गैरदलित जस्ता विभेद हुँदैन, हामीलाई समृद्धि हासिल गर्नु छ भने विभेद अन्त्य गर्नु जरुरी छ, यसका लागि प्रदेश सरकार अग्रसर छ ।’

प्रदेश सरकारले समाजमा रहेको विभेद अन्त्यका लागि ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान सञ्चालन गरेको उनले बताए । मुख्यमन्त्री राउतले केही दिनभित्रै दलित सशक्तीकरण ऐन र मदरसा शिक्षा बोर्ड जस्ता विधेयक प्रदेश २ को सदनबाट पारित हुने जानकारी दिए ।

‘आजको प्रतिस्पर्धात्मक युगमा प्राविधिक शिक्षाले मात्रै सबैलाई रोजगारी दिन सक्छ,’ मुख्यमन्त्रीले भने, ‘मटिहानी नगरपालिकाले कक्षा ९ का छात्रछात्रालाई ल्यापटप उपलब्ध गराएर प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण टेवा पु-याएको छ ।’

प्रकाशित समय २०:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु