fbpx
Nepal Mediciti

गृहपृष्ठ नाम विद्यालय क्षेत्र सुधार, खर्च तलबभत्तामा

नाम विद्यालय क्षेत्र सुधार, खर्च तलबभत्तामा

School_NewsKarobar

देशमा दाताहरूले शिक्षा क्षेत्रको विकासका लागि दिएको रकमको ठूलो हिस्सा शिक्षक र आयोजना सञ्चालन गर्ने शिक्षा अधिकारीहरूको तलबभत्तलगायतका सुविधामै खर्च भएको पाइएको छ ।

दातृ सहयोगमा सञ्चालित दोस्रो चरणको विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी)को ६५ प्रतिशतभन्दा बढी रकम तलबभत्तामा नै खर्च भएको हो । विश्व बैंकद्वारा हालै गरिएकोे प्रारम्भिक परीक्षणमा आयोजनाका लागि निर्धारित कुल बजेटको ६५ दशमलव ३ प्रतिशत रकम तलबभत्तामा खर्च भएको उल्लेख छ ।

गत आर्थिक वर्ष २०७५/७६ (सन् २०१८/१९)मा विद्यालय क्षेत्रका लागि कुल ९२ अर्ब ९४ करोड रुपैयाँको बजेटमा आधारभूत र माध्यमिक तहका शिक्षकको तलबभत्ताका लागि मात्र ५९ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको विश्व बैंकको आन्तरिक मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।

तलबभत्ताबाहेक कार्यक्रम लागतमा जम्मा २७ दशमलव २ प्रतिशतमात्र खर्च भएको छ भने प्रशासनिक खर्चमा थप ७ दशमलप ४ प्रतिशत रकम खर्च भएको छ ।

कार्यक्रम लागतमा सार्वजनिक निर्माणमा ५ दशमलव ३ प्रतिशत, पाठ्यपुस्तक र शैक्षिक सामग्रीमा ६ दशमलव ७ प्रतिशत, छात्रवृत्ति र अन्य सहुलियतमा ६ प्रतिशत रकम खर्च भएका छ । यो कुल एसएसडीपी खर्चको १८ प्रतिशतको हाराहारीमा रहेको विश्व बैंकको मूल्यांकन प्रतिवेदनले खुलासा गरेको छ ।

शिक्षक, कर्मचारी र व्यवस्थापकहरूको क्षमता विकास र तालिमका लागि कुल बजेटको २ दशमलव ७ प्रतिशतमात्रै रकम विनियोजन हुनुले यो कार्यक्रम लक्ष्यबाट भड्किएको देखिन्छ ।

सामुदायिक विद्यालयका तलबभत्तामै ठूलो रकम सकिए पनि तिनले दिने नतिजा अहिले पनि निकै निकै निराशाजनक छ । शिक्षकहरूको तलब बढाएरमात्रै विद्यालय क्षेत्रको सुधार हुन सक्दैन ।

सरकार र समुदायका तर्फबाट विद्यालय क्षेत्रका लागि छुट्ट्याइने बजेट पर्याप्त नभएको पनि विश्व बैंकको ठहर छ ।

प्रकाशित समय १३:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु