fbpx
Nepal Mediciti

गृहपृष्ठ शरीरका लागि चिल्लो पदार्थ पनि आवश्यक

शरीरका लागि चिल्लो पदार्थ पनि आवश्यक

मोटोपन सबै क्षेत्रका मानिसका लागि समस्याका रूपमा देखा पर्दै छ । मोटोपनबाट बच्न कसैले योगको सहयोग लिँदै छन् भने कसैले जिमखानामा पसिना चुहाउँदै छन् ।

बढी पीडितले खाद्य विशेषज्ञको सल्लाहमा आहारामा सन्तुलन मिलाउँदै छन् ।  चिकित्सक वा जिम विशेषज्ञको सामान्य सल्लाह खानामा चिल्लो वा बोसोको कम उपयोग गर्ने हुन्छ । मोटोपन बढ्नुको कारकमा चिल्लो पदार्थलाई लिइएको छ ।

बोसोका कारण रोगमा वृद्धि भएको चिकित्सकहरूको दाबी छ । धमनीमा बोसो जमेर रक्त प्रवाहमा समस्या बढेको उनीहरूको तर्क छ । विभिन्न अध्ययनले भने चिल्लो पदार्थको सेवनलाई प्राथमिकतापूर्वक जोड दिइँदै छ ।

हाम्रो नियमित खानामा चिल्लो कम गर्न सल्लाह दिने गरिन्छ । बिबिसीका अनुसार बेलायत जस्ता देशहरूमा सरकारले नै खानासम्बन्धी नीति बनाएर लागु गरेका छन् । जनस्तरबाट यस किसिमको सल्लाह त्यति पालना गरेको भने पाइँदैन ।

मानिसहरूमा स्याचुरेटेड चिल्लो धैरै सेवन गरे पनि खासै बेफाइदा हुँदैन भन्ने धारणा व्याप्त छ । नौनी, घिउ, पूर्ण तरसहितको दुध, केक, कुकिज, नरिवलको तेल, ताडीको तेल आदिमा स्याचुरेटेड फ्याटको मात्रा अधिक रहन्छ । यी वस्तुको सन्तुलित सेवनले कुनै खराबी गर्दैन । आहार र व्यायामको सन्तुलन आवश्यक छ ।

प्रकाशित समय १५:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु