fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ प्रदेश २ को स्वास्थ्य निर्देशनालयमा दुई निर्देशक, मुख्यमन्त्री कार्यालयको बेवास्ता

प्रदेश २ को स्वास्थ्य निर्देशनालयमा दुई निर्देशक, मुख्यमन्त्री कार्यालयको बेवास्ता

swastha nirdeshnalay-newskarobar

प्रदेश २ को सामाजिक विकास निर्देशनालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयमा दुई जना निर्देशक पदस्थापन भएका छन् । साउन ९ गते निर्देशक डा. प्रमोदकुमार यादव कार्यालयको कामले काठमाडौं गएका बेला १० गते डा. हरिश्चन्द्र साह निर्देशकको जिम्मेवारी पाएको भन्दै हाजिर भएका हुन् । यादव काठमाडौंबाट फर्किएपछि डा. यादव र डा. साहबीच को निर्देशक भन्नेमा ठूलै विवाद उत्पन्न भएको छ ।

निर्देशकहरु नै विवादमा उत्रिएपछि कर्मचारी अन्योलमा परेका छन् । समायोजनमा परेर प्रदेश २ मा डा. हरिश्चन्द्र आएको तथ्यांक अधिकृत सुरेश यादवले बताएका छन् । हरिश्चन्द्रले समायोजनका क्रममा ‘कामकाज गर्नु’ भनेर पत्र पाए पनि अर्का निर्देशक डा. प्रमोदकुमारको सरुवा नभएकाले समस्या भएको हो । डा. साह र डा. यादव दुवै ११औं तहका कर्मचारी भएकाले कसलाई निर्देशक मान्ने भन्ने अन्योल छ । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा एक साताअघि नै पत्र लेखेर जानकारी गराएको भए पनि अहिलेसम्म प्रतिउत्तर नआएको कर्मचारीले बताएका छन् ।

निर्देशनालयमा डा. यादव र डा. साह दुवैले आफू निर्देशक भएको दाबी गरिरहेका छन् । बुधबार कार्यालय समयमा ‘निर्देशक डा. प्रमोदकुमार यादव’ भनेर बोर्ड झुन्डयाइएको थियो । तर, दुवैजना कार्यालयमा उपस्थित थिएनन् । डा. साह कार्यालयकै कामको सिलसिलामा काठमाडौं गएको कर्मचारीले बताए । उनी स्वास्थ्य निर्देशनालयको निर्देशक आफू नै हुनुपर्ने भन्दै कागजपत्र मिलाउन काठमाडौं गएको बुझिएको छ ।

बुधबार डा. प्रमोद कार्यालयकै कामले बाहिर गएको कर्मचारीले बताए । डा. यादव पनि साउन ९ गते निर्देशकमा आफू नै रहनुपर्ने भन्दै ‘मिलाउन’ काठमाडौं गएको कर्मचारी बताउँछन् । उनी पटक–पटक मुख्यमन्त्री कार्यालय पनि पुगेका थिए ।

प्रकाशित समय १६:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु