fbpx
Nepal Mediciti

गृहपृष्ठ पहिलो पटक एमपिपिएम कोर्स सुरु गर्दै कुसोम

पहिलो पटक एमपिपिएम कोर्स सुरु गर्दै कुसोम

kusom-newskarobar

युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा निजी क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट) कोर्सको अध्यापन सुरु गर्दैछ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र महत्वबारे गरिएको अन्तर्क्रियामा यस्तो जानकारी दिएको हो ।

सरकारी तथा गैरसरकारी संस्था (बैंक तथा वित्तीय संस्था, बिमालगायतका कमर्सियल हाउसहरू) मा नीति निर्माण गर्न र कार्यान्वयन गर्ने सीप सिकाउन दुई वर्षे उक्त कोर्स अध्यापन गर्न लागिएको जनाइएको छ । कलेजका डिन विजय केसीले नेपालमा सार्वजनिक प्रशासनको अवस्था कमजोर हुन थालेकाले सार्वजनिक नीति र व्यवस्थापन कोर्स जरुरी भएको औंंल्याए । उनका अनुसार निजामती कर्मचारीदेखि हरेक संस्थामा नीति बनाउन र व्यवस्थित कार्यान्वयन गर्न यो कोर्स सहायक सिद्ध हुनेछ ।

अन्तक्र्रियामा आईआईडिएसका कार्यकारी निर्देशक डा. विष्णुदेव पन्तले नेपालमा भ्रष्टाचार फैलिँदै गएकाले यो कोर्स जरुरी भएको बताए । यो कोर्सको पाठ्यक्रम वर्षौं लगाएर विभिन्न टप लेभलका व्यक्तिसँगको अन्तर्क्रियापछि तयार पारिएको उनले जानकारी दिए ।

यस्तै, कुसुमका प्रा. डा. अच्युत वाग्लेले नेपालमा नीति भएको तर लागू हुन नसकेको बताए । नीति निर्माण, कार्यान्वयन र नीतिलाई समयसापेक्ष कसरी अद्यावधिक गर्दै जाने भन्नेबारे सीप सिक्न यो कोर्स आवश्यकता भएको उनको भनाइ छ । कुसोमले अनुसन्धान गर्ने संस्था ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडिएस)को सहकार्यमा सञ्चालन हुने यो कोर्समा यसै महिनादेखि भर्ना लिइरहेको छ ।

दुई वर्षे यो कोर्सका लागि साढे ३ लाख रुपैयाँ शुल्क लाग्ने कलेजका डिन केसीले जानकारी दिए । उनका अनुसार ५ जनालाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको र अझै आईआईडिएससँग मिलेर थप छात्रवृत्तिको व्यवस्था गर्ने योजना छ ।

जुनसुकै विषयमा स्नातक तथा स्नात्तकोत्तर गरेका र कुमुलेटिभ ग्रेड पोइन्ट एभरेज (सीपिपिए) २ देखी ४ सम्म अर्थात् औसत ४५ प्रतिशत पूर्णांक ल्याएका विद्यार्थी यो कोर्स पढ्न योग्य हुनेछन् । सामाजिक नीति र न्याय, संघीयता र स्थानीय सरकार, विकास नीति, ऊर्जा र हाइड्रो पावर नीति तथा यातायात र पूर्वाधार नीतिलाई अध्यापनमा केन्द्रित गरिएको छ ।

२०४९ साल (सन् १९९३)मा स्थापना भएको यो कलेजले हालसम्म एमबीए (मास्टर्स इन बिजनेस एड्मिनिस्ट्रेसन), बीबीए (ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन), बीबीआईएस (ब्याचलर इन बिजनेस इन्फरमेसन सिस्टम), बीएचटीएम (ब्याचलर इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट) कोर्समा अध्यापन गराउँदै आएको छ ।

प्रकाशित समय ०७:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु