fbpx
Nepal Mediciti

गृहपृष्ठ भारतबाट ल्याएको ५२ बोरा आलु खान अयोग्य

भारतबाट ल्याएको ५२ बोरा आलु खान अयोग्य

potato-newskarobar

पोखरामा सेतो आलुमा विषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको छ । भारतबाट पोखरामा बिक्रीका लागि ल्याइएको सेतो आलुमा विषादीको रोकावट दर ४७ प्रतिशत अर्थात खान अयोग्य भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिए ।

पोखराको शान्तिवन वाटिकास्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको सेतो जातको आलुमा विषादीको मात्रा बढी भेटिएको हो । ‘विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खान योग्य हुन्छ, ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएमा एक हप्ता जसो अब्जरबेसन गरेरमात्र खान सकिन्छ,’ उनले भने, ‘त्योभन्दा माथिको प्रतिशत आएमा खान अयोग्य ठहरिन्छ, त्यस्ता वस्तु नष्ट गर्नुपर्छ ।’

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कार्यालय पोखराले आलुमा कार्बाेमेट परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक भएको पुष्टि गरेपछि कृषि उपज बजार व्यवस्थापन समितिले नष्ट गरेको छ । पोखराका चार जना व्यवसायीले भारतबाट ल्याएको सेतो आलुमा अत्यधिक विषादी भेटिएकाले नष्ट गरिएको कृषि उपज बजारकी निमित्त बजार ब्यवस्थापक रुपा दाहालले बताइन् । उनका अनुसार पोखरामा तीन महिनादेखि फलफूल तथा तरकारीमा विषादी परीक्षण गरिँदै आएको छ ।

आलु, प्याज प्रायः भारतबाट आउने भन्दै निमित्त व्यवस्थापक दाहालले अन्य फलफूल तरकारी सिजनअनुसार र पोखराको मागअनुसार भारतबाटै धेरै आउने जानकारी गराइन् । पोखरा आउने अन्य फलफूल तरकारीमा पनि विषादीको मात्रा भेटिए पनि खान अयोग्य नभएको उनले बताइन् ।

प्रकाशित समय ०६:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु