fbpx
Nepal Mediciti

गृहपृष्ठ लसुनका १३ फाइदा

लसुनका १३ फाइदा

भोक लाग्दैन ? लसुन खानुहोस्

lasun-newskarobar

हिन्दी प्रभावित क्षेत्रहरूमा लहसुन भनेर चिनिने लसुन प्याज प्रजातिको मसला हो । लसुन, प्याज, छ्यापी एकै प्रजातिमा पर्छन् । तरकारी तथा अचारमा मसलाका रुपमा प्रयोग गरिने लसुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । लसुनमा हुने एन्टी अक्सिडेन्टले स्वास्थ्यमा फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् । त्यसैले लसुनलाई घरेलु औषधिका रूपमा लिइन्छ । आयुर्वेदले लसुनलाई अत्यन्त फाइदाजनक औषधिजस्तै मानेको छ । लसुनका धेरै फाइदा छन् ।

 

लसुनका १३ फाइदा

१. लसुनमा हुने एन्टी अक्सिडेन्टले अल्जाइमर, डिमेन्सियाजस्ता रोग लाग्नबाट बचाउँछ ।

२. लसुनमा पोषणतत्व धेरै हुन्छ भने क्यालोरीको मात्रा कम हुन्छ ।

३. बिहान खाली पेटमा लसुन नियमित खानाले रक्तप्रवाह सन्तुलित हुने तथा मुटुसँग सम्बन्धित समस्याका साथै कलेजो र मुत्रथैलीको संक्रमणको जोखिम कम हुन्छ ।

४. लसुनले कोलस्ट्रोल नियन्त्रण गर्ने भएकाले मुटुरोगको सम्भावना कम हुन्छ ।

५. लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्छ ।

६. लसुनले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपनासमेत नियन्त्रण गर्न सहयोग पु–याउँछ ।

७. दम, निमोनिया, ब्रोङकाइटिस, खोकीलगायतका समस्याको घरेलु उपचारमा लसुन उपयोगी हुन्छ ।

८. लसुनले उच्च रक्तचाप कम गर्छ ।

९. शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन लसुन उपयोगी हुन्छ ।

१०. सामान्य झाडापखाल लाग्दा लसुन सेवन गर्नु लाभकर हुन्छ ।

११. लसुनको नियमित सेवनले कब्जियतको समस्या निराकरण हुन्छ ।

१२. लसुन चपाएर तातो पानीले निलेमा घाँटी बसेको ठिक हुन्छ ।

१३. विहान नियमित लसुन खानाले ग्यास्ट्राइटिसको समस्या निराकरण हुन्छ ।

प्रकाशित समय १७:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु