fbpx
Nepal Mediciti

गृहपृष्ठ महोत्तरीको सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सहयोग

महोत्तरीको सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सहयोग

laxmi-bank-janakpur-newskarobar

महोत्तरीको बर्दिबास सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकले उपकरण सहयोग गरेको छ । बैंकले सर्पदंश उपचार केन्द्रलाई भेन्टिलेटर, आईसियुका लागि बेडलगायतका उपकरण प्रदान गरेको हो ।

लक्ष्मी बैंकका प्रदेश २ प्रमुख उज्जवल घिमिरे र बर्दिवास नगरपालिका प्रमुख विदुर कार्कीले बिहीबार संयुक्त रुपमा उपचार केन्द्रलाई सामग्री हस्तान्तरण गरेका छन् । तराईमा गर्मी बढेसँगै बर्दिवासस्थित गौरीडाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा दिनहुँ सर्पदंशको उपचारका लागि आउने क्रम बढेका बेला लक्ष्मी बैंकले सहयोग गरेको हो । बैंकले अढाई लाख मूल्यबरावरको सामग्री उपचार केन्द्रलाई प्रदान गरेको जनाएको छ ।

प्रकाशित समय १९:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु