fbpx
Nepal Mediciti

गृहपृष्ठ यसरी हेर्नुस् एसईईको नतिजा

यसरी हेर्नुस् एसईईको नतिजा

see-newskarobar

नेपाल टेलिकमले विगतमा  झैं एसईईको नतिजा हेन विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै थाहा पाउनका लागि नेपाल टेलिकमको मोबाइलबाट see पछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ । जस्तै: see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंकमात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यसबाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिनेछ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

साथै, नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित समय ११:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु