fbpx
Nepal Mediciti

गृहपृष्ठ राजधानीमा जेठ ३१ र ३२ गते भारतीय शैक्षिक मेला

राजधानीमा जेठ ३१ र ३२ गते भारतीय शैक्षिक मेला

indian education fair newskarobar

राजधानीमा जेठ अन्तिम साता ‘भारतीय शैक्षिक मेला २०१९’ आयोजना हुने भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तलामा जेठ ३१ र ३२ गते शैक्षिक मेला आयोजना हुन लागेको हो ।

‘स्टडी इन इन्डिया’ भन्ने स्लोगनका साथ आयोजना हुन लागेको शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीलाई लक्षित गरिएको एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीबारे जानकारी दिइने आयोजक इन्ट्रोडक्सन ट्रेड सोका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी दिए ।

मेलामा उच्च शिक्षा अध्ययनका लागि भारतको एनएएसि, एबिईटि, एनबिएलगायतबाट मान्यताप्राप्त उत्कृष्ट विश्वविद्यालय तथा कलेजको बारेमा नेपाली विद्यार्थीलाई जानकारी दिइनेछ । इन्जिनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाइन, आईटी, पाइलट ट्रेनिङ र आयुर्वेदिकलगायत संकायबारे जानकारी दिइने उनले बताए । मेलामा ४० भन्दा बढी भारतीय कलेज र विश्वविद्यालयको सहभागिता रहनेछ ।

प्रकाशित समय १६:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु