fbpx
Nepal Mediciti

गृहपृष्ठ अब छात्राले सेनेटरी प्याड बोक्नु पर्दैन, स्मार्ट कार्ड बोके पुग्छ

अब छात्राले सेनेटरी प्याड बोक्नु पर्दैन, स्मार्ट कार्ड बोके पुग्छ

smart-card-newskarobar

भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलोपटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो ।

भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन् । ‘अब छात्राले प्याड बोकिरहनु पर्दैन, आवश्यक परेका बेला प्याड झिक्न स्मार्ट कार्ड उपलब्ध गराएका छौँ,’ उनले भनिन् । एक सय १० स्मार्ट कार्ड वितरण गरिएको छ ।

‘अब अन्य विद्यालयमा पनि सेनेटरी प्याड निकाल्न मिल्ने  मेसिन राख्ने योजना छ,’ अध्यक्ष भट्टले भनिन् । मेसिन राखे महिनावारीका कारण छात्रा तीन/चार दिनसम्म विद्यालय नआउने, आइहाले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता हट्ने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको हो । (रासस)

प्रकाशित समय १९:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु