fbpx
Nepal Mediciti

गृहपृष्ठ समता स्कूललाई वर्ल्ड बुक अफ रेकर्डस्

समता स्कूललाई वर्ल्ड बुक अफ रेकर्डस्

प्रधानमन्त्रीले गरे हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।
बालुवटारमा सोमबार आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस् लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरे ।
प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई गुन लगाएको बताए । ‘राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’
प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताए । ‘सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि तपाईंहरुलाई बधाइ छ ।’
नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको उनले बताए । प्रधानमन्त्री ओलीले यस बर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालयबाहिर नुहने स्पष्ट पारे । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिति थियो ।

प्रकाशित समय १८:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु