fbpx
Nepal Mediciti

गृहपृष्ठ परिवार दलका अध्यक्ष अध्यक्ष ढकालको पहलमा बन्यो विद्यालय

परिवार दलका अध्यक्ष अध्यक्ष ढकालको पहलमा बन्यो विद्यालय

चार कोठे पक्की भबन बिद्यालयलाई हस्तान्तरण

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको पहलमा गोरखाको जागेश्वर उच्च माबिको चार कोठे पक्कि भवन निर्माण भएको छ । ढकालको पहलमा गोर्खा जिल्लामा मात्रै एक दर्जनभन्दा बढी पुस्तकालय तथा बिद्यालय भवन निर्माण भएका छन् ।
गोरखा जिल्ला घर भएका नेता ढकाल शुक्रबार विद्यालय भवन हस्तान्तरण गर्न त्यहाँ पुगेका थिए । उनकै पहलमा निर्माण भएको भीमसेन गाउपालिका ८, गोर्खास्थित भवानी प्राथमिक बिद्यालयको ४ कोठे पक्कि भवन गाउपालिकाका दुई वडाध्यक्षको उपस्थितिमा बिद्यालयलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भूकम्पको कारण बिद्यालयको पुरानो भवन क्षति भएकाले बिध्यार्थीहरु खुला आकाशमा अध्ययन गर्न बाध्य भएको दृश्य सहन नसकेर बिद्यालय भवन निर्माण गरेको जानकारी दिए ।
२०४५ सालमा स्थापना भएको उक्त बिद्यालय भवन भूकम्पपश्चात टहरामा सञ्चालन गरिएको थियो । युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र तथा अन्य दाताहरुको सहयोगबाट निर्माण भएको भन्दै ढकालले आफूले समन्वयकारी भूमिका खेलेको बताए । उनले बिद्यालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको बिकासमा आँफू सदैब लागि रहने बताए । भीमसेन गाउपालीका ७ का अध्यक्ष नारायण श्रेष्ठ र ८ का अध्यक्ष बासु थापाले अध्यक्ष ढकालले गोर्खा जिल्लाको शैक्षिक बिकासमा गर्नु भएको योगदानको उच्च प्रसंशा गरे ।
त्यस अबसरमा नेपाल प्रहरीका पूर्व डीआइजी श्याम नेपाल, परिवार दलका प्रवक्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापालगायतले शुभकामना ब्यक्त गरेका थिए । उक्त भवन ३३ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हो ।
अध्यक्ष ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरि स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेका थिए । उनले निर्माणाधीन योजनाहरुको अवलोकनसमेत गरेको परिवार दलका रबिन्द्र थापाले जानकारी दिए ।

प्रकाशित समय १७:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु