गृहपृष्ठ मेडिसिटी अस्पताललाई अन्तराष्ट्रिय मान्यता

मेडिसिटी अस्पताललाई अन्तराष्ट्रिय मान्यता

नेपाल मेडिसिटी अस्पतालले अन्तराष्ट्रिय मान्यता पाएको छ । मेडिसिटीले नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स (एनएबिएच) बाट मान्यता पाएको हो । यस्तो मान्यता पाउने मेडिसिटी नेपालको पहिलो र एकमात्र अस्पताल हो ।
एनएबिएचका प्रमुख कार्यकारी अधिकृत डा. हरिश नद्कमीले नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र प्रबन्ध निर्देशक डा. समता प्रसादलाई नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्सको मान्यता प्रमाणपत्र हस्तान्तरण गरे । त्यस अबसरमा प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री उपेन्द्र यादव, बालगुरु ब्रम्हज्ञानी आदित्यलगाायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

अस्पतालको सेवा, जनशक्तिको ब्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामीमैत्री पूर्वाधार तथा अन्तर्रांष्ट्रिय मापदण्डको सही ब्यवस्थापन हेरेर नेपाल मेडिसिटी अस्पताललाई उक्त मान्यता दिइएको हो । एनएबिएचले
विश्वस्तरमा अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरुको विभिन्न पद्धतिबाट मिहिन अनुगमन गरी सही स्वास्थ्य सेवा प्रदान गर्ने गराउने संयन्त्रहरुको विकास गर्दै उपलब्ध स्वास्थ्य सेवा उच्चस्तरको हो भन्ने प्रत्याभूति प्रदान गर्दछ ।
एनएबिएच इन्टरनेशनल सोसाईटी फर क्वालिटी इन हेल्थ केयर (इस्क्वा) को सदस्य एवं एसियन सोसाईटी फर क्वालिटी इन हेल्थ केयरको कार्यकारी बार्डमा छ । इस्क्वाले बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका १२ वटा सदस्य राष्ट्रको एक्रिडिटेसन कार्यक्रम सरह विश्वभरीका स्वास्थ्य संस्थाहरुलाई मान्यता प्रदान गर्दछ । एनएबबिएचले भारतका १७ हजारभन्दा बढी अस्पतालमध्ये ५९२ वटालाई मात्र मान्यता प्रदान गरेको छ । भारत बाहिर फिलिपिन्सपछि पहिलो पल्ट नेपाललाई यो मान्यता प्राप्त भएको हो ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु