गृहपृष्ठ प्रयास नेपाललाई हिमालय एयरलाइन्सको सहयोग
प्रयास नेपाललाई हिमालय एयरलाइन्सको सहयोग

हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई सहयोग गरेको छ । एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा वर्षभरि पुग्ने परिमाणमा कपी, स्यानिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरेको हो ।
प्रयास नेपाललाई १ हजार ६५० वटा कपी, दुईवटा इन्फ्रारेड थर्ममिटर, दुई बोतल ह्यान्ड स्यानिटाइजर र १ हजार थान फेस मास्क हस्तान्तरण गरिएको छ । हिमालय एयरलाइन्सकी ब्रान्ड र सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले सन् २०२० अनिश्चितता र ओसिलो भविष्यको वर्ष रहेकाले बालबालिकालाई कोभिड-१९ को डर र सामाजिक दूरीले स्कुल र कलेजमा निकै असर परेको बताइन् ।
प्रयास नेपालका अध्यक्ष मणि जोशीले हिमालय एयरलाइन्सले सन् २०१७ देखि निरन्तर बालबालिकालाई सहयोग गरेको भन्दै प्रशंसा गरिन् । प्रयास नेपाल गैरनाफामूलक सामाजिक संस्था हो । यसले विशेषगरी अनाथ, परित्यक्त, दुर्व्यवहारमा परेका र अपांगता भएका बालबालिकालाई आश्रय दिइरहेको छ ।
प्रकाशित समय १५:१३ बजे