गृहपृष्ठ दीपकराज जोशी ‘अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्ड’द्वारा सम्मानित
दीपकराज जोशी ‘अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्ड’द्वारा सम्मानित

वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिज्म रिकभरी टास्क फोर्स-नेपालका संयोजक दीपकराज जोशी अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानित भएका छन् । पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको नेटवर्कले उल्लेख गरेकाे छ ।
दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी ‘ईन्टरनेशनल हल अफ टुरिज्म हिरोज’को सदस्यता समेत पाउने पहिलो नेपाली बनेका छन् । विश्वभरीबाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै क्रियाशील व्यक्तित्व लाई प्रदान गरिने सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भुपू पर्यटनमन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केनियाका पर्यटन सचिव नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेट रहेका छन् ।
अर्वाड प्राप्त गरेपछि जोशीले यस अर्वाड प्रदान गर्ने विश्व पर्यटनका दिग्गज व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै आफूलाई पर्यटन विकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए ।
प्रकाशित समय १७:०३ बजे