fbpx
corona information

गृहपृष्ठ पोखरा विमानस्थल निर्माण अन्तिम चरणमा, भेटिएन डम्पिङ साइट स्थल

पोखरा विमानस्थल निर्माण अन्तिम चरणमा, भेटिएन डम्पिङ साइट स्थल

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयारीको अन्तिम चरणमा छ । निर्माण सम्पन्न अन्तिममा रहेको विमानस्थलका लागि पोखरा महानगरपालिका १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइट यतिबेला समस्याको विषय बनेको छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै पनि एयरपोर्टबाट डम्पिङ साइट पाँच किलोमिटरभन्दा बढी दूरीमा हुनुपर्छ । तर, निर्माणाधीन विमानस्थल पाँच किलोमिटरभित्रै छ । यसै पनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुनेगर्छ । त्यसमाथि फोहोरमा चिल, गिद्धलगायतका चराहरुको बढी मुभमेन्ट रहन्छ । यस्ता चरा विमानका लागि समस्या बन्न सक्छन् ।

अहिले सञ्चालनमा रहेको एयरपोर्ट वरिपरि चराचुरुंगीको व्यवस्थापनका लागि बर्ड स्केरिङ डिभाइस राखेको र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि राखिने पोखरा विमानस्थल प्रमुख भोला गुरागाईंले बताए । ‘कुनै पनि डम्पिङ साइट एयरपोर्टबाट ५ किलोमिटरको दूरीमा हुनु हुँदैन, यो अन्तर्राष्ट्रिय मान्यता हो,’ उनले भने, ‘बस्ती धेरै विस्तार भयो, खाली ठाउँ छैन, खाद्यान्नका लागि डम्पिङ साइटमा जाने चराहरु एयरपोर्टवरपर उड्ने हुँदा खतरा हुनसक्छ, व्यवस्थापनको पहल भइरहेको छ ।’

पोखरा महानगरपालिकाले बाच्छेबडुवाको विकल्पमा माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलामा डम्पिङ साइट बनाउनेबारे अध्ययन भइरहेको बताएको छ । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलाई खतरामुक्त बनाउनका लागि नयाँ डम्पिङ क्षेत्रको खोजी भइरहेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए । ‘सार्दिखोलामा भएन भने अन्यत्र खोज्छौँ तर यसको विकल्प खोज्न महानगरपालिका जुटिसकेको छ,’ उनले भने ।

प्रकाशित समय १०:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु