fbpx
corona information

गृहपृष्ठ पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने

पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने

Tourism-newskarobar फाइल तस्बिर।

कोभिड- १९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/ पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार,निजी क्षेत्र लगायतका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए ।  ‘अब मास टुरिज्मको एरा गयो,’ पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।

अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विषेक्ष इन्ट्रेसको आधारमा सेवा दिन सकिन्छ । त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिने उनले बताए । त्यस्तै, उनले पर्यटन क्षेत्रमा केही नयाँ आविस्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ । त्यसैले डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने उनले बताए । तर निरन्तरता दिन पनि अनिश्चितताका कारण समस्या भएको श्रेष्ठले बताए । नेपालको पर्टयन क्षेत्रले पर्यटकका लागि के के दिन सक्छन् भन्ने निस्थिचत पनि गर्नुपर्ने उनको धारणा छ ।

पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समेत पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । भुकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालिको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्नेमा उनको जोड थियो । व्यवसाय खुलेपछि प्रसारप्रचार गर्ने बेला पनि यही भएको र यही आधारमा यति मात्रै पर्यटक ल्याउनछौँ भन्ने बजार व्यस्थापनमा जान सकिने उनले बताए । त्यस्तै, कोभिडबाट बच्न गरेको प्रोटोकल तथा कामहरुको प्रचारप्रसार र नेपालमा अहिलेसम्म गर्न नसकेको प्याकेज जस्तो कन्जरभेशन एरिया बन्द अवस्थामा छन् । त्यस्तो क्षेत्रमा अहिलकति लचकता अपनाउनुपर्ने उनले बताए ।

नेपालमा पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठको जोड थियो । त्यसका लागि पर्यटकको स्वासथ्य सुरक्षा तथा बिमाका कुराहरुलाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए ।कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई,स्वासथ्य ,अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्याउन थालेको भन्दै त्यसका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । त्यसैलाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रबाट गरेको लगानी जोखिममा परेको श्रेष्ठले बताए । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि स्टिमुलस प्याकेज ल्याएको भएपनि कार्यान्वयन नहुँदा प्रभावकारी नभएको पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । ‘कार्यान्वयन नहँदा स्टिमुलस प्याकेज पनि प्रभावकारी भएको छैन,’ उनले भने । त्यस्तै,फरक स्वार्थ भएका धेरै स्टेक होल्डरहरु पर्यटन क्षेत्रमा भएका कारणले यी सबैको स्वार्थलाई समन्वय गर्न सके पर्यटक भित्र्याउन सकिनेमा उनको जोड थियो ।

त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार/पाँच वर्ष लाग्ने बताए । ‘२०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउनसक्ने देखिन्न,’ संयोजनक शाक्यले भने । पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वयनको आश्यकता पर्नेमा शाक्यले जोड दिए । त्यस्तै, पर्यटन भित्र्याउन विमान स्थलको सम्पुर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको संयोजनक शाक्यको भनाइ छ ।

कोरोनाका कारण अर्थतन्त्रमै ठुलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए । त्यसका लागि कर्मचारीको तलब,बैंकको ऋण र घर भाडा लगायतका खर्च कटौती गर्न पाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको संयोजक शाक्यले बताए । पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत ल्याएको प्याकेजलाई कार्यन्वयनमा ल्याउनुपर्नमा जोड दिए । त्यस्तो प्याकेज दिँदा पार्टीको झण्डा बोक्नेलाई दिने वातावरणको अत्यन्त्य गर्नुपर्ने उनले बताए ।

प्रकाशित समय १७:१५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु