fbpx
corona information

गृहपृष्ठ हुम्लामा होमस्टे प्रवर्धनका लागि ७० लाख बजेट

हुम्लामा होमस्टे प्रवर्धनका लागि ७० लाख बजेट

सांस्कृतिक र प्राकृतिक रुपले धनी हिमाली जिल्ला हुम्लामा ग्रामीण पर्यटन प्रवर्धनका लागि होमस्टेको विकास गर्न ७० लाख बजेट विनियोजन गरिएको छ । सिमकोट गाउँपालिका ४ मा पर्ने बुराउँसे गाउँ र ७ मा पर्ने डाडाफयाको ओग्र्‍यान गाउँमा सामुदायिक होमस्टे कार्यक्रम सञ्चालनका लागि पूर्वाधार विकास गर्न प्रदेश सरकारले सो रकम पठाएको हो ।

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट होमस्टे प्रवर्धनक लागि पठाइएको रकम प्राप्त भएको वन डिभिजन कार्यालय हुम्लाका प्रमुख निरज झाले जानकारी दिए । पर्यटन मन्त्रालयले तय गरेको नारा ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’लाई सहयोग पुग्ने गरी कार्यक्रम निरन्तर रुपमा लागु हुने उनले बताए ।

सिमकोट गाउँपालिका ४ को बुराउँसे गाउँ र ७ को ओग्र्‍यान गाउँक लागि क्रमशः ३० लाख र ४० लाख बजेट वितरण भएको छ । यसबाट घरबासका साथै स्थानीय जैविक खाना र संस्कृतिको प्रवर्धनका सहयोग पुग्ने विश्वास होमस्टे सञ्चालकहरूले गरेका छन् ।

प्रकाशित समय ११:०२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु