fbpx
corona information

गृहपृष्ठ पर्यटनमन्त्री भट्टराईलाई व्यवसायीको चिठी

पर्यटनमन्त्री भट्टराईलाई व्यवसायीको चिठी

yogesh-bhattarai-newskarobar

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोभिड १९ का कारण व्यवसाय लथालिंग भएको भन्दै पर्यटन व्यवसायीले चिठ्ठी लेखेका छन् । टान, नाट्टा, हान, एनएमएसहित पर्यटनका मुख्य संघसंस्थाले ६ महिनाभन्दा लामो समयदेखि आम्दानीविहीन भएका व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुटदै उचित कदम चाल्न आग्रहसहित चिठी पठाएका हुन् । संयुक्त रुपमा पठाइएको चिठीमा पर्यटनमा आबद्ध विभिन्न विधाका दुई दर्जनभन्दा बढी संघसंस्थाको हस्ताक्षर छ ।

सरकारले साउन १५ गतेबाट होटल खोल्ने र भदौ १ गतेदेखि पर्यटन र हवाई यात्रा खोल्ने निर्णय भएको थियो । तर, काठमाडौँलगायत देशभर कोरोना संक्रमित र मृतकको संख्या उल्लेख्य बढेपछि थप १५ दिन लम्बिएको छ । आयोन लगायतका पर्यटन व्यवसायीले भदौ १६ गतेबाट व्यवसाय सञ्चालनको वातावरण नबनाएर आन्दोलन गर्ने चेतावनी सरकारलाई दिइसकेका छन् ।

सबै स्वास्थ्य मापदण्ड पूरा गरेर व्यावसायिक उडानमा जाँदा अर्थतन्त्र पनि चलायमान हुने र कोरोनाको जोखिम पनि नहुने उनीहरूको तर्क छ । कोभिड-१९ अनुकूलताका कार्ययोजना बनाई निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्थासहित भदौ १६ गतेबाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालनको वातावरण बनाउनुपर्ने व्यवसायीको माग छ ।

प्रकाशित समय १८:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु