fbpx
corona information

गृहपृष्ठ लन्लीप्लानेटको ‘उत्कृष्ट ट्रेकिङ गन्तव्य’मा सगरमाथा आधार शिविर

लन्लीप्लानेटको ‘उत्कृष्ट ट्रेकिङ गन्तव्य’मा सगरमाथा आधार शिविर

कोभिड- १९ का कारण प्रभावित भएको विश्वको पर्यटन क्षेत्र विस्तारै पुनर्बहाल हुँदै गएको बेला  लन्लीप्लानेटले नेपाललाइ विश्वका उत्कृष्ट गन्तव्यमा राखेको छ । विश्वभरिकै पर्यटनप्रेमीहरू प्रकृतितिर फर्किँदै गएका बेला संसारकै चर्चित ट्राभल वेबसाइट लन्लीप्लानेटले नेपालको सगरमाथा बेसक्याम्पसम्मको ट्रेकिङलाई उत्कृष्ट गन्तव्यमा समावेश गरेको हो ।

लन्लीप्लानेटले सार्वजनिक गरेको सूचीमा फ्रान्सको जीआर ट्वेन्टी, पेरुको इन्काट्रेल, मालीको पेज डोगोन, नेपालको सगरमाथा बेसक्याम्प सहितका १० ट्रेकिङ गन्तव्य समावेश छन् । सगरमाथा बेसक्याम्प ट्रेकिङ २ देखि ३ सातासम्मको हुने र ५ हजार ५५४ मिटरको उचाईमा कालापत्थरमा गएर टुंगिने लन्लीप्लानेटले उल्लेख गरेको छ ।

यस ट्रेकिङअन्तर्गत सोलुखुम्बुका शेर्पा समुदायका रंगीचंगी बस्तीहरूको आनन्द लिने सकिने भन्दै सगरमाथा बेसक्याप ट्रेकिङलाइ चाैथो नम्बरमा राखिएको छ ।

हालैमात्र फ्रान्सको इफेल टावर, यूएई  लगायतका देशमा कोभिड- १९ ले प्रभावित भएको पर्यटन गतिविधि क्रमिकः खुला गरिएका बेला नेपालका लागि लन्लीप्लानेटको सूची सकारात्मक हुन सक्छ ।

प्रकाशित समय १८:३२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु