fbpx
corona information

गृहपृष्ठ पोखराबाट ५९ फ्रान्सेली पर्यटकको उद्धार

पोखराबाट ५९ फ्रान्सेली पर्यटकको उद्धार

लकडाउनका कारण पोखरा आसपासमा फसेका ५९ जना फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये अधिकांश मुस्ताङ घुम्न गएका थिए ।

काठमाडौंस्थित फ्रान्सेली दूतावासको पहलमा चार्टर विमानमार्फत उनीहरुलाई काठमाडौं लगिएको हो । लकडाउन भएलगत्तै काठमाडौं हुँदै स्वदेश फर्कन नपाएका उनीहरु पोखरा वरिपरिका क्षेत्रमा रोकिएका थिए ।

अन्य देशका पर्यटकहरुको उद्धारका विषयमा भने कुनै जानकारी नआएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । यस क्षेत्रमा अझै पनि विभिन्न देशका पर्यटकहरू रोकिएको बताइएको छ ।

जनवरी र फेब्रुअरीभित्र पोखरा विमानस्थलबाट २५ हजार १ सय ८ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्ड, पोखराका निर्देशक काशी भण्डारीले न्युज कारोबारलाई जानकारी दिए ।

प्रकाशित समय १७:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु