fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ ३९ सय मिटर उचाइमा नेपाल टेलिकमको फोरजी सेवा

३९ सय मिटर उचाइमा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले पर्यटकीयस्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिमदेखि कम्पनीले फोरजी सेवाको सुरुवात गरेको हो ।

विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीलगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट सो क्षेत्र पुग्ने पर्यटकहरु यसबाट लाभान्वित हुने कम्पनीको विश्वास छ । पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खुम्जुङ, खुण्डे तथा चर्चित गोक्यो ताल जाने पदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ ।

स्याङ्बोचेनजिकै रहेको एभरेष्ट भ्यू होटलबाट सगरमाथाको दृश्यावलोकन गर्ने विदेशीहरुको संख्या पर्यटकीय मौसममा दैनिक ५ सयभन्दा बढी पुग्ने गरेको छ । यसका साथै यहाँ नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थलसमेत रहेको छ ।

सेवा सुरु भएपछि स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्नेछन् । सगरमाथा आरोहणका लागि बेस क्याम्प जाने मार्गसमेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्नेछन् ।

यही मार्ग हुँदै पर्यटकीय मौसममा दैनिक आउने र जाने गरी एक हजारभन्दा बढी पर्यटकले फोरजी सेवा प्रयोग गर्न सहज हुनेछ ।

प्रकाशित समय १७:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु