fbpx
corona information

गृहपृष्ठ निगमले मार्चदेखि जापान र चीन उडान भर्दै

निगमले मार्चदेखि जापान र चीन उडान भर्दै

नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । निगमको मंसिर २६ गतेको बैठकले मार्च पहिलो साताबाट जापानको नारिता र दोस्रो साताबाट चीनको ग्वान्जाउ उडान गर्ने निर्णय गरेको सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिएका छन् ।

यी दुई गन्तव्यको उडान थपिएपछि ए ३२० न्यारोबडी र ए ३३० वाइडबडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने निगमले जनाएको छ । यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वान्जाउ, भारतको दिल्ली, बैंगलोर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन् । निगमसँग हाल दुई ए३२० न्यारोबडी र दुई ए ३३० वाइडबडी विमान छन् ।

प्रकाशित समय १५:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु