fbpx
Nepal Mediciti

गृहपृष्ठ पोखराका होटलमा ५५ प्रतिशत अकुपेन्सी

पोखराका होटलमा ५५ प्रतिशत अकुपेन्सी

pokhara_news karobar

दसैंको अवसरमा पोखराका होटलहरुको अकुपेन्सी (ग्राहक आगमन) हाल ५५ प्रतिशत रहेको छ । नेपालीहरुको महान पर्व विजयादशमी पर्वको अवसरमा हालसम्म पोखरा क्षेत्रका पर्यटकीय स्तरका होटलहरुको ५५ प्रतिशत अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनले बताए ।

टिकाको दिनसम्म विदेशी पर्यटकहरुको होटल अकुपेन्सी मात्र करिब २० प्रतिशत रहेको अध्यक्ष तुलाचनले जानकारी दिए । टिका नलगाउने र टिका लगाएर घुमघाममा निस्केका आन्तरिक पर्यटकहरुको आगमन कोजाग्रत पूर्णिमासम्म हुने उनले जनाए । उनका अनुसार विभिन्न होटलहरुले आन्तरिक पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेज सहितको छुट दिने कार्यक्रमसमेत ल्याएका छन् ।

दसैंको फूलपातीदेखि आन्तरिक पर्यटकहरुको आगमन सुरु भएको अध्यक्ष तुलाचनले बताए । अघिल्ला वर्षको तुलनामा यस वर्ष दसैंको अवसरमा आन्तरिक पर्यटक केही कम आएको उनको भनाई छ । प्रतिकुल मौसमका कारण पनि आन्तरिक पर्यटकमा केही कमी आएको अध्यक्ष तुलाचनले बताए ।

पोखरा जोडिने धेरै सडक मार्ग जीर्ण तथा जोखिमपूर्ण भएकाले पनि आफूहरुले आशा गरेअनुसार पर्यटक भित्र्याउन नसकिएको उनले जनाए ।

दसैंसँगै पर्यटन आगमनको मौसम अक्टुबर पनि सुरु भएकाले आफूहरु आशावादी भएको अध्यक्ष तुलाचनले बताए । उनले भने, ‘आन्तरिक पर्यटकले कम्तिमा २ देखि ३ दिन हामीलाई धेरै राहत हुन्छ । विदेशी पाहुनाहरु बिस्तारै आउन थालेका छन् ।’

विभिन्न होटलहरुमा दसैंको अवसरमा ५ देखि २० प्रतिशतसम्म रुममा छुट दिन लागेको उनले बताए । गण्डकी प्रदेश सरकारले हाल आन्तरिक भ्रमर्ण वर्ष मनाइरहेको अवस्थामा प्रदेशले जारी गरेको ‘ग्लोरियस गण्डकी’ कार्ड ल्याएको खण्डमा आफूहरुले १५ प्रतिशत होटलमा छुटको व्यवस्था गरेको अध्यक्ष तुलाचनले जानकारी दिए ।

रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले दसैंको अवसरमा केही आन्तरिक पर्यटन प्रवद्र्धनले आफूहरुलाई धेरै राहत मिलेको बताए । दसैंको अवसरमा आगन्तुकहरुलाई कर्मचारीहरुको अभावमा पनि आफूहरु समेत लागेर पर्यटकहरुलाई सेवासुविधा पुर्याइरहेको जनाए । केही रेष्टुरेण्टहरुले दसैं विशेष छुट तथा प्याकेजसमेत ल्याएको उनले जनाए ।

प्रकाशित समय २०:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु