fbpx
Nepal Mediciti

गृहपृष्ठ क्यानडामा यसरी गरिँदै छ भ्रमण वर्षको प्रचार

क्यानडामा यसरी गरिँदै छ भ्रमण वर्षको प्रचार

canada-nepal-visityear-newskarobar

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि क्यानडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । एनआरएनए क्यानडा र विभिन्न संघसंस्थाले भ्रमण वर्ष लक्षित प्रचारप्रसार गरिरहेका छन् । एनआरएनए क्यानडाले टोरोन्टोमा ‘नेपाल डे’ मनाउने भएको छ ।

सेप्टेम्बर १९ का दिन विभिन्न नेपाली संघ संस्थासँगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिको पनि सहभागिता रहने जनाइएको छ । क्यानडेली तथा क्यानडा घुम्न आउन अन्य देशका नागरिकलाई नेपालबारे जानकारी दिन र नेपाल जान प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको एनआरएनए क्यानडाले जनाएको छ ।

नेपाल पर्यटन बोर्ड क्यानडालगायतका संघ संस्थाले ब्राम्पटन र मिसिसागा सहरमा गुड्ने सार्वजनिक बसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी ब्यानरहरु टाँसेर भ्रमण वर्षको प्रचारप्रसार सुरु गरिसकेका छन् ।

प्रकाशित समय ११:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु