fbpx
Nepal Mediciti

गृहपृष्ठ होटल व्यवसायी नै भन्छन्- होटलमा हुने यौनधन्दाले सहर बदनाम

होटल व्यवसायी नै भन्छन्- होटलमा हुने यौनधन्दाले सहर बदनाम

hotel-itahari-newskarobar

इटहरीका होटलमा हुने अवैध गतिविधिका कारण सिंगो सहर बदनाम हुँदै गएको भन्दै सम्बन्धित सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । मानव बेचविखनविरूद्धको १३औं राष्ट्रिय दिवसको अवसर पारेर समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय इटहरी र श्रमिक महिला साझा मञ्च नेपालले आयोजना गरेको अन्तक्र्रियाका सहभागीले मानब बेचविखन सबै क्षेत्रमा अन्त्य हुनुपर्ने बताए ।

होटल व्यवसाय संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले अहिले धेरैजसो होटलमा सिसि क्यामेरा जडान भएको र व्यवस्थित बनिसकेकाले अवैध गतिविधि नियन्त्रण हुँदै गएको दाबी गरे । उनले केही होटलमा हुने अवैध यौनधन्दाका कारण सहरको बदनाम भएको स्वीकार्दै पहिचान गरिएका त्यस्ता होटलमा प्रहरीले नियमित निगरानी बढाउनुपर्ने र सप्रमाण कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी अधिकांश होटल व्यवसायीले अनुसन्धान तथा छापा मार्ने क्रममा प्रहरीले अनावश्यक रूपमा दुःख दिने गरेको आरोप लगाए । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले मानव बेचबिखनको प्रमुख आधार होटलहरू भएका कारण होटल सञ्चालकले ब्यवसाय गर्दा सावधानी अपनाउनुपर्ने स्पष्ट पारे । ‘इटहरी क्षेत्रका धेरै होटलमा अझै पनि सेटिङको भरमा यौनधन्दा हुने गरेको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सुनसरीमा मानव बेचबिखनको अवस्था सामान्य रहेको बताए । अघिल्लो वर्षको तुलनामा उजुरी पनि न्यून परेको उनले जानकारी गराए ।

प्रकाशित समय ०७:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु