fbpx
Nepal Mediciti

गृहपृष्ठ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल डिसेम्बरभित्रै सञ्चालन : मन्त्री भट्टराई

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल डिसेम्बरभित्रै सञ्चालन : मन्त्री भट्टराई

tourism-ministry-newskarobar

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलाभन्दा सुधार भइरहेको बताएका छन् । चेम्बर अफ कमर्सले काठमाडौंमा बुधबार आयोजना गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवर्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा उनले अध्यागमन छिट्टै स्मार्ट बनाउँदै स्मार्ट अध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएसरहका सबै सुविधा हुने बताए ।

मन्त्री भट्टराईले डिसेम्बरसम्ममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी गराए । ‘समयमै विमानस्थल निर्माण सम्पन्न गर्न सरकारको तर्फबाट कुनै पनि कमी हुन दिने छैन,’ उनले भने ।

मन्त्री भट्टराईले नेपालमा हवाई इन्धनको उच्च मूल्यका कारण टिकट महँगो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै यसका समाधानका लागि छलफल सुरु गर्ने बताए । युरोपियन युनियन (ईयू) ले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनुको कुनै कारण नभएको भन्दै उनले प्रतिबन्ध हटाउन आग्रह गरिँदै आएको जानकारी दिए ।

प्रकाशित समय २१:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु