fbpx
Nepal Mediciti

गृहपृष्ठ श्री एयरलाइन्सको काठमाडौं-वनारस परीक्षण उडान सफल

श्री एयरलाइन्सको काठमाडौं-वनारस परीक्षण उडान सफल

shree-airlines-newskarobar

श्री एयरलाइन्सको काठमाडौं-वनारस परीक्षण उडान सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र श्री एयरलाइन्सका प्राविधिक टोली चढेको जहाज सोमबार दिउँसो साढे ४ बजे वनारस उडान गरेको हो ।

कम्पनीको ५० सिटे सिआरजे-२०० (नाइन एन अल्फा माइक अल्फा) कल साइनको जहाज वरिष्ठ क्याप्टेनहरू प्रफुल्ल वैद्य र राजुसिंह महर्जनले उडान गरेका थिए । वनारसबाट आएको जहाज साँझ पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कम्पनीले जनाएको छ । परीक्षण उडान सफल भएको प्रतिवेदनका आधारमा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाउनेछ ।

प्रकाशित समय १४:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु