fbpx
Nepal Mediciti

गृहपृष्ठ अष्ट्रेलियाले नेपाल भ्रमण गर्ने नागरिकलाई गरायो सतर्क

अष्ट्रेलियाले नेपाल भ्रमण गर्ने नागरिकलाई गरायो सतर्क

Aus_travel advice_NewsKarobar

अष्ट्रेलियाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूलाई सतर्क तुल्याउँदै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ । नेपाललाई ‘सचेतना अपनाउनु पर्ने उच्च तह’ (हाइ डिग्री अफ कसन)मा राखेर यस्तो ट्राभल एडभाइजरी जारी गरिएको हो ।

२०७३ का निर्वाचनपछि नेपाललाई यो तहमा राखेर पहिलो पटक यसरी ‘ट्राभल एडभाइजरी’ जारी भएको हो । नेपालमा सानो अवधिको सूचनामा पनि राजनीतिक आन्दोलन हुने गरेको, बम आक्रमण हुने गरेको भन्दै यस्तो सूचना जारी गरिएको हो ।

केही समययता राजनीतिक आन्दोलनहरू लगभग रोकिइसकेको भए पनि विप्लव समूहले विभिन्न बहाना बनाउँदै पटक पटक नेपाल बन्द आयोजना गर्न थालेको, टेलिकमका टावरहरूमा आगजनी गर्न थालेको र ठाउँ ठाउँमा बम विस्फोटसमेत गर्न थालेपछि विदेशी नियोगहरू सकर्तकता अपनाउन थालेका हुन् ।

ट्राभल एडभाइजरीमा यस्ता घटनामा अहिलेसम्म विदेशीलाई लक्षित नगरिएको भए पनि सचेत हुन भनिएको छ । नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूलाई अष्ट्रेलियाले आफ्नो व्यक्तिगत सुरक्षामा सँधै सतर्क रहन, आपत्तकालीन सुरक्षा चुनौतीमा बाहिर निस्कनका लागि मिडिया र अन्य स्रोत हेरिरहन, प्रदर्शन र ठूला सार्वजनिक भेलाहरू उत्सृङ्खल हुनसक्ने भएकाले तिनीहरूबाट बच्न भनिएको छ ।

अष्ट्रेलियाले ट्रेकिङमा जाँदा ख्यातिप्राप्त ट्रेकिङ एजेन्सीको मात्र सेवा लिन, बिमारी भएका अवस्थामा हेलिकप्टरबाट बाहिरिनु पर्ने आवश्यकता हुनसक्ने भएकाले आफ्नो यात्रा बिमाले त्यसलाई बहन गर्नसक्ने अवस्थाको सुनिश्चित गर्न पनि भनेको छ ।

प्रकाशित समय १५:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु