fbpx
Nepal Mediciti

गृहपृष्ठ मुक्तिनाथको प्रवर्धन गर्न यार्तुङ महोत्सव

मुक्तिनाथको प्रवर्धन गर्न यार्तुङ महोत्सव

yartung-muktinath-mahotsab-newskarobar

मुक्तिनाथ क्षेत्रको पर्यटन प्रवर्धन गर्न मुस्ताङको रानीपौवा गाउँमा मुक्तिनाथ यार्तुङ महोत्सव आयोजना गरिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा गर्न लागिएको महोत्सव साउन २७ देखि सुरु हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

महोत्सवमा करिब १० हजार पर्यटक भित्रिने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए । धार्मिक, सांस्कृतिक, सहासिक तथा खेल पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले जनैपूर्णिमा पर्वको अवसर महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा गाउँपालिकाका १९ वटा गाउँको परम्परागत भेषभुषा प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । कृषकका बारीमा लटरम्म स्याउसमेत फलेकाले पर्यटक थप आकर्षित हुने विश्वास आयोजकको छ । महोत्सवका लागि गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा ७१ सदस्यीय आयोजक समिति गठन गरिएको छ । महोत्सवमा हुने घोडा दौड प्रतियोगितामा विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित समय ०९:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु