fbpx
Nepal Mediciti

गृहपृष्ठ काँक्रेविहार प्रदेशकै आकर्षक पर्यटकीय स्थल बन्छ : मुख्यमन्त्री

काँक्रेविहार प्रदेशकै आकर्षक पर्यटकीय स्थल बन्छ : मुख्यमन्त्री

environment-day-newskarobar

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सुर्खेतमा रहेको कांक्रेविहार कर्णाली प्रदेशकै आकर्षक पर्यटकीय स्थल बन्ने बताएका छन् । प्रमुख पर्यटकीय स्थल काँक्रेविहारलाई खुला ‘जु’को रुपमा विकास गरी प्रदेशकै आकर्षक स्थलका रुपमा विकास गर्न आँफु लागी पर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा बुधबार काँक्रेविहार क्षेत्रमा आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘ऐतिहासिक र पुरातात्विक महत्व बोकेको काँक्रेविहार पर्यटकीय स्थलको संरक्षण र सम्वर्धन गर्नुपर्छ ।’ स्वच्छ र सफा वातावरणमा बाँच्न पाउने आमनागरिकको अधिकारलाई सुनिश्चित गर्ने भन्दै उनले कानुनको कार्यान्वयनमा समेत कडाइ गर्ने बताए ।

प्रदेश सरकारले काँक्रेविहारको पिकनिक क्षेत्रलाई हटाएर स्मार्ट पार्क निर्माण गर्ने भएको छ । स्वच्छ र हराभर वातावरण सधैं र सबैका लागि भएको र यसको संरक्षणमा सबै लाग्नुपर्ने मुख्यमन्त्री शाहीले बताए ।

‘काँक्रेविहारलाई कर्णाली प्रदेशका आकर्षक पर्यटकीय स्थल बनाउनेमा हामी लाग्छौं,’ उनले भने, ‘दुनियाँले के भन्छ भन्ने सरोकार छैन । मानव मस्तिष्कमा रहेको फोहोरको डंगुर सफा गर्न मैले नगरका नालासमेत सफा गरेको छु । स्वास्थ्यका क्षेत्रमा यस्ता काम अझै पनि गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले समेत वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । बुधबार बिहान मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय क्लबको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाइ गर्नुको साथै वृक्षारोपण गरिएको छ ।

यसैबीच, वीरेन्द्रनगर नगरपालिकाले समेत बुलबुले, देउती बज्यै, वीरेन्द्रनगर–६ पीपल चौतारालगायतका क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीले जानकारी दिए ।

प्रकाशित समय १७:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु