fbpx

गृहपृष्ठ सगरमाथाको चुचुरो चुमेर सात दिनमै काठमाडौं ओर्लिए बस्नेत

सगरमाथाको चुचुरो चुमेर सात दिनमै काठमाडौं ओर्लिए बस्नेत

lila-basnet-newskarobar तस्बिर सौजन्य : लीला बस्नेत

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरका लीलाबहादुर बस्नेत सगरमाथाको चुचुरो चुमेर सातै दिनमा काठमाडौं ओर्लिएका छन् । सगरमाथा आरोहणका लागि बस्नेत सात दिनअघि सगरमाथा बेसक्याम्पतिर लागेका थिए ।

बस्नेतले सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरी नयाँ रेकर्ड राखेका छन् । सगरमाथा आरोहणका लागि काठमाडौंबाट हिँडेको सातै दिनमा सगरमाथाको चुचुरोमा पुगेर फर्केका हुन् । काठमाडौंबाट हिँडेकै यति छोटो समयमा सगरमाथा चुचुरोमा पुग्ने उनी पहिलो व्यक्ति हुन् ।

बस्नेत बुधबार (मे २२) विहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । काठमाडौं फर्केपछि बस्नेतले आफ्नो लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे । काठमाडौं ओर्लिएपछि बस्नेतले भने, ‘जुन योजना बनाएको थिएँ, सोही अनुसार सफल भएँ ।’ उनका अनुसार सामान्यतया सगरमाथा आरोहण गर्न ३५ दिनदेखि ४० दिनसम्मको अनुमति हुन्छ ।

बस्नेतका अनुसार मे १८ तारिख विहान ७ बजे काठमाडौंबाट लुक्ला उडे । १९ तारिखमा बेस क्याम्प २० तारिखमा बेस क्याम्प २ पुगे । २१ तारिखमा ७ हजार ९०० मिटरको उचाइमा थकाइ मारेर साँझ ८ बजे हिड्र २२ तारिखको विहान ६ बजे चुचुरोमा पुगेको जानकारी दिए ।

काठमाडौंबाट यात्रा सुरु गरी ७ दिनमै सगरमाथा पुग्ने उनको लक्ष्य अनुसार नै चुचुरो चुमेका विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले खुशी व्यक्त गरे । गाउँको एउटा युवाले छोटो समयमै चुचुरोमा पुगेर रेकर्ड राख्नु गौरवको विषय भएको बताए । बस्नेतले सगरमाथा चुचुरोमा विगू गाउँपालिकाको झण्डा समेत सगरमाथा पु¥याएका छन् । सगरमाथा आरोहणका लागि बिगु गाउँपालिकाले चार लाख ८९ हजार चार सय ७७ रुपियाँ सहयोग गरेको छ ।

लामाबगरका ३७ वर्षीय बस्नेत सगरमाथाको यसअघि बस्नेतले भरियाको रुपमा चार पटकसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमिसकेका छन् । यसपटक आफ्नै उनले हैसियतमा सगरमाथा आरोहणको योजना बनाएर लागेका हुन् । पटक–पटक सगरमाथा पुगेकाले छोटो समयमै पुगेर फर्कन सक्छु भन्ने आँटले योजना बनाएको उनले बताए ।

यसपटक बाटो पनि बनिसकेको र अरु टोलीको समयको बारेमा अग्रिह सूचना लिएर यात्रा तय गरेकाले पनि चाँडै पुग्न सकेको बताए । चुचुरोमा पुगेर २२ तारिखमा अन्तिम बेस क्याम्प आइ पुगे । सगरमाथामा ४ वटा बेस क्याम्प छन् ।

उनलाई सेभेन समिट कम्पनीले साथ र सहयोग गरेको छ । तर गएका सहयोगी विरामी भएर अन्तिम बेस क्याम्पमा बसेपछि आवश्यक सामाग्री सहितको भारी बोकेर एक्लै चुचुरोमा पुगेको बताए । माथि पुगेपछि त्यहाँ भएका अन्य व्यक्तिहरुले आफ्नो फोटो खिच्न सहयोग गरेको बताए । सेभेन समिटका निर्देशक मिङ्मा शेर्पाको समूहले १४ वटा हिमाल चढिसकेका छन् ।

बस्नेत यसअघि साना ठूला गरी बस्नेतले भरियाका रुपमा सगरमाथासहित आधा दर्जन बढी हिमालको आरोहण गरेका छन् । बस्नेतले चीनको तिब्बतमा रहेका दुई वटा हिमाल पनि चढेका छन् ।

प्रकाशित समय २०:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु