fbpx
Nepal Mediciti

गृहपृष्ठ भक्तपुरको पर्यटक आगमनमा वृद्धि

भक्तपुरको पर्यटक आगमनमा वृद्धि

bhaktapur-newskarobar

भक्तपुरमा आउने पर्यटकको संख्या बढेको छ । पर्यटकको संख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ ।

भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको संख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ ।

२०७४ सालमा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५३० र अन्य राष्ट्रका एक लाख २५ हजार ४९९ पर्यटक गरी दुई लाख १९ हजार २९ पर्यटकले आगमन भएको छ । २०७५ सालमा भने सार्क तथा चीनका एक लाख १५ हजार ९०६ र अन्य राष्ट्रका एक लाख ३७ हजार ९५७ गरी दुई लाख ५३ हजार ८६३ पर्यटकले आगमन भएको छ ।

नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक ५०० र अन्य राष्ट्रका पर्यटकबाट जनही १५ सय पर्यटन शुल्क संकलन गर्दै आएको छ । पर्यटन शुल्कबापत नगरपालिकाले २०७५ सालमा सार्क राष्ट्र तथा चीनका पर्यटकबाट पाँच करोड ७९ लाख ५३ हजार र अन्य राष्ट्रका पर्यटकबाट २० करोड ६९ लाख ३५ हजार ५०० गरी कुल २६ करोड ४८ लाख ८८ हजार ५०० राजस्व संकलन गरेको छ ।

नगरपालिकाले २०७४ सालमा भने सार्क राष्ट्र तथा चीनका पर्यटकबाट चार करोड ६७ लाख ६५ हजार र अन्य राष्ट्रका पर्यटकबाट १८ करोड ८२ लाख ४८ हजार ५०० गरी कुल २३ करोड ५० लाख १३ हजार ५०० राजस्व संकलन गरेको थियो ।

भक्तपुर आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनबाट पर्यटक आएका छन् भने त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशका पर्यटक आएको केन्द्रले जानकारी दिएको छ । नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेको छ । भक्तपुर प्रवेश गर्ने पर्यटकसँग उठाउने सेवा शुल्क नै भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो । (रासस)

प्रकाशित समय १२:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु