गृहपृष्ठ नेप्से १८ अंकले उकालो लाग्दा १० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो
नेप्से १८ अंकले उकालो लाग्दा १० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

सेयर बजार परिसूचक नेप्से १८ अंकले बढ्दा बुधबार १० कम्पनीको मूल्य करिब १० प्रतिशत बढेको छ । मूल्य अधिक बढ्नेमा ६ वटा माइक्रोफाइनान्स कम्पनी छन् भने दुईवटा विकास बैँक र दुईवटा वित्त कम्पनी छन् ।
कर्पोरेट डेभलपमेन्ट बैँकको ३१ रुपैयाँ, आरम्भ चौतारी लघुवित्तको ९८ रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको ६३ रुपैयाँ, इन्फिनिटी लघुवित्तको ११६ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैँकको ४६ रुपैयाँ, गुर्खाज फाइनान्सको २५ रुपैयाँ, प्रभु लाइफको २४ रुपैयाँ, गणपति माइक्रोफाइनान्सको ११३ रुपैयाँ, समृद्धि फाइनान्सको १४ रुपैयाँ र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य ९६ रुपैयाँ बढेको छ ।
शतप्रतिशत हकप्रदका लागि बुक क्लोज भएर मूल्य समायोजन भएको नारायणी डेभलपमेन्ट बैँकमा लगानीकर्ताको उस्तै आकर्षण देखिएको छ । कम्पनीको सेयर मूल्य ८२९ बाट समायोजन भएर ४६५ रुपैयाँमा झरेको थियो । बुधबार पुनः ४६ रुपैयाँ बढेर ५११ पुगेको हो ।
आज बैँक र होटल समूहबाहेक सबै समूह उकालो लागेका छन् । वित्त र उत्पादनमूलक समूह ४ प्रतिशतभन्दा धेरैले बढेका छन् । त्यस्तै लघुवित्त २.७४ प्रतिशतले बढेको छ ।
कुल २०७ कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर ५ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ । यो रकम मंगलबारको भन्दा करिब एक अर्ब धेरै हो । मंगलबार ४ अर्ब ९८ करोडको सेयर कारोबार भएको थियो ।
साताका चार दिनमा सेयर बजार ९१ अंकले बढेको छ । साताको पहिलो दिनदेखि लगातार नेप्से बढिरहेको छ । नेप्से आइतबार ४१, सोमबार ३ र मंगलबार २८ अंकले उकालो लागेको थियो । सेयर बजार बुधबार २२९५ अंक पार गरेर फर्किएको हो ।
कुल बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९३ करोड नाघेको छ । बुधबारमात्र लगानीकर्ताको कुल सम्पत्ति २५ अर्ब रुपैयाँले बढेको छ ।
प्रकाशित समय १५:२९ बजे