गृहपृष्ठ अब सेयर बेचेको दुई दिनभित्रै हातमा पैसा
अब सेयर बेचेको दुई दिनभित्रै हातमा पैसा

नेपाल धितोपत्र बोर्डले दुई दिनमै धितोपत्र कारोबार राफराफ गर्नुपर्ने गरी विनियमावली संशोधन गरेको छ । बोर्डले धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली २०६९ संशोधन गरी दुई दिनमै राफसाफ गर्नुपर्ने (टि प्लस टु) बनाएको हो ।
नेपालको धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी सो व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा रहेको प्रावधानलाई कानुनतः मूर्त रुप दिइएको बोर्डद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक सूचना प्रकाशित गरी सो व्यवस्था कार्यान्वयनमा ल्याउनेछ । धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिई टि प्लस टु कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको विश्वास छ ।
प्रकाशित समय १०:१७ बजे