fbpx
corona information

गृहपृष्ठ अपी पावरले फेरि ८५ प्रतिशत हकप्रद जारी गर्ने

अपी पावरले फेरि ८५ प्रतिशत हकप्रद जारी गर्ने

api-power-newskarobar

अपी पावर कम्पनीले फेरि ८५ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न साधारण सभाले बोनस र हालै जारी हकप्रदपछि हुने चुक्ता पुँजीको १ बराबर ०.८५६६ कित्ताका दरले हकप्रद जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत र गत वर्षको नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

अपी पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको तुलनामा करिब ७ करोड धेरै हो । गत वर्षको सोही अवधिमा अपीको नाफा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ थियो । विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि भएसँगै नाफामा १९५.९६ प्रतिशतले बढोत्तरी आएको हो ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकमसमेत गरेर चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख पुग्नेछ ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु