fbpx
corona information

गृहपृष्ठ सेयर बजारमा ऐतिहासिक कारोबार, सबै समूहमा हरियाली

सेयर बजारमा ऐतिहासिक कारोबार, सबै समूहमा हरियाली

नेपालको सेयर बजारमा बिहीबार ऐतिहासिक मूल्यको कारोबार भएको छ । तिहारपछिको दोस्रो दिन नेप्से ३६ अंकले बढ्दा ६ अर्ब ११ करोड ६७ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको हो । बिहीबार १९८ कम्पनीको ६२ हजार ५०७ कित्ता सेयर खरिद-बिक्री भएको छ ।

बजार ३६.३२ अंकले बढेर १७७८.१२ अंकमा उक्लिँदा १५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै समूह हरियाली बनेका छन् भने व्यापार समूह सर्वाधिक ९.९४ र होटल समूह ९.३८ प्रतिशतले बढेका छन् । त्यस्तै उत्पादनमूलक ५.६४, अन्य ४.४३, निर्जीवन बिमा ४.३३ र जीवन बिमा ३.५ प्रतिशतले बढेका छन् ।

बिहीबार सर्वाधिक मूल्य बढ्नेमा तारागाउँ रिजेन्सी होटल, युनिलिभर नेपाल, बोटलर्स (नेपाल) तराई, हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कम्पनीलगायत छन् । नेपाल रिइन्स्योरेन्स कम्पनीको मात्रै ४१ करोड ८ लाख रूपैयाँबराबरको सेयर किनबेच भयो । त्यस्तै हिमालयन डिस्टिलरीको २७ करोड ७ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेसनल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम शिवम् सिमेन्टलगायतका कम्पनी पनि सर्वाधिक कारोबार हुने सूचीमा परेका छन् ।

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु