fbpx
corona information

गृहपृष्ठ नेप्से २६ अंकले बढ्यो, ४ अर्बको कारोबार

नेप्से २६ अंकले बढ्यो, ४ अर्बको कारोबार

सेयर बजार परिसूचक नेप्से मंगलबार करिब २६ अंकले बढेको छ । जलविद्युत र म्युचुअल फन्डबहेकका सबै समूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक २५.९८ अंकले बढेर १६७८.७९ अंकमा उक्लिएको छ । सोमबार पनि नेप्से ४.२२ अंकले बढेको थियो ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । मंगलबार १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता सेयर ४ अर्ब ९ करोड ६१ लाख रूपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम हिजोको तुलनामा ३१ करोड बढी हो । सोमबार ३ अर्ब ६९ करोड ९८ लाख रूपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार सर्वाधिक व्यापार समूह ७.८७ प्रतिशतले बढेको छ । त्यस्तै होटल ४.९१, जीवन बिमा ४.८७ र अन्य ४.२ प्रतिशतले बढेको छ । बाँकी समूहको वृद्धि सामान्य छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेसन र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सानिमा जनरल इन्स्योरेन्स, नेपाल टेलिकम, ओरियन्टल होटल, हिमालयन जनरल इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटललगायत कम्पनीको सेयर मूल्य पनि उल्लेख बढेको छ ।

मंगलबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक २८ करोड ५३ लाखको सेयर किनबेच भयो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको २० करोड ८३ लाख, नेपाल टेलिकमको २० करोड ६४ लाख, कामना सेवा विकास बैंकको १६ करोड ८७ लाख र सूर्या लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाको सेयर कारोबार भयो ।

बैंकको ब्याज न्यून भएसँगै सेयर बजार लगातार सकारात्मक दिशामा गइरहेको छ । लामो समयसम्म उठ्न नसकेको बजार ब्याजदर सस्तो भएर उकालो लाग्न थालेकाले सेयर विश्लेषकहरूले यसलाई दीर्घकालीन वृद्धिको संकेत भनेका छन् ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु