fbpx
corona information

गृहपृष्ठ दसैँपछिको सेयर बजारमा छायो उत्साह, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

दसैँपछिको सेयर बजारमा छायो उत्साह, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

दसैँ बिदापछि बुधबार खुलेको सेयर बजार ४१ अंकले बढेको छ । व्यापारबाहेकका सबै समूह उकालो लागेपछि सेयर बजार परिसूचक नेप्से ४१.२ अंकले बढेको हो । दसैँअघिको अन्तिम कारोबार भएको दिन बिहीबार पनि नेप्से ८ अंकले बढेको थियो ।

बुधबार १८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर २ अर्ब ७२ करोड ५९ लाख रूपैयाँमा किनबेच भएको छ । यो रकम गत साताको बिहीबारको तुलनामा ७३ करोड बढी हो । बिहीबार १ अर्ब ९९ करोडको सेयर कारोबार भएको थियो ।

आज बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंक समूह सर्वाधिक ४.२७ र विकास बैंक समूह २.९१ प्रतिशतले बढेका छन् । सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा आठवटा बैंक छन् । प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक (संस्थापक सेयर), सनराइज बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र नेपाल बैंगलादेश बैंक उच्च वृद्धि हुनेमा परेका हुन् । त्यस्तै नेपाल फाइनान्सको सेयर मूल्य ९ प्रतिशतले बढेको छ भने समिट लघुवित्त पनि धेरै बढ्ने १० कम्पनीमा परेको छ ।

सबैभन्दा बढी कारोबार हुने १० कम्पनीमा बैंकमात्र छन् । ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सिभिल बैंक र मेगा बैंक आजका सर्वाधिक कारोबार हुने कम्पनी हुन् ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु