fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ नेप्से सामान्य बढ्यो, २ अर्बको कारोबार, मुक्तिनाथमा लगानीकर्ताको आकर्षण

नेप्से सामान्य बढ्यो, २ अर्बको कारोबार, मुक्तिनाथमा लगानीकर्ताको आकर्षण

सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । जलविद्युत, वित्त, निर्जीवन बिमा, उत्पादनमूलक, अन्य, जीवन बिमा र म्युचुअल फन्ड समूह घटे पनि बैंक, विकास बैंक, व्यापार, होटल र लघुवित्त समूह बढेपछि नेप्से १.७४ अंकले बढेर १५७८.०१ अंकमा उक्लिएको हो ।

सोमबार १८९ कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता सेयर १ अर्ब ९४ करोड ९० लाख रूपैयाँबराबरमा किनबेच भएको छ । विकास बैंक समूह ३.८८ प्रतिशतले बढ्दा मुक्तिनाथ विकास बैंक सर्वाधिक ९.८५ प्रतिशतले बढेर ३६८ रुपैयाँ मूल्य कायम भएको छ ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक, तिनाउँ मिसन डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्सलगायत कम्पनी सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा परेका छन् । सोमबार मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै १६ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित समय १६:२३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु