fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ अपी पावरको हकप्रद कात्तिक १४ देखि बिक्रीमा

अपी पावरको हकप्रद कात्तिक १४ देखि बिक्रीमा

api-power-newskarobar

अपी पावर कम्पनीको हकप्रद कात्तिक १४ गतेदेखि बिक्रीमा आउने भएको छ । कम्पनीले १ कित्ताबराबर ०.४८ कित्ता (अर्थात् १०० कित्ता हुनेले ४८ कित्ता) पाउने गरी १०० रुपैयाँ अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो । साविक सेयर धनीले मंसिर ४ गतेसम्म अपीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले ४० मेगावाट क्षमताको तेस्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणमा लगानी गर्नका लागि सेयरधनीबाट सेयर पुँजी जुटाउन हकप्रद सेयर जारी गरी रकम संकलन गर्ने योजना बनाएको छ । अपी पावर कम्पनी हालको अधिकृत पुँजी ५ अर्ब, जारी पुँजी ४ अर्ब र चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । आव २०७६/०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको जम्मा नेटवर्थ १ अर्ब ३६ करोड छ भने जगेडा कोष तथा सञ्चित नाफामा १७ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४ पैसा छ ।

कम्पनीले सुदूरपश्चिम प्रदेशको दार्चुलामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी पहिलो आयोजनाको रुपमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट २०७२ भादौ २ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह भइरहेको छ । त्यस्तै कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाबाट २०७६ साल कात्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

प्रकाशित समय ०८:२७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु