fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ नेप्से २० अंकले बढ्यो, दुई अर्ब ८० करोडको कारोबार

नेप्से २० अंकले बढ्यो, दुई अर्ब ८० करोडको कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ अंकले बढेर एक हजार ५७१.०४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.९८ अंकले बढेर ३१०.१५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता सेयर दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ मूल्यमा खरिदबिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर भने उकालो लागेको छ । जलविद्युत् २४.७६ र सामूहिक लगानी कोष ०.०१ अंकले घटेको छ ।

यस्तै बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, निर्जीवन बीमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, लघुवित्त २०.८१ र जीवन बिमा १५७.३३ अंकले उकालो लाग्यो ।

कारोबारका आधारमा बैंक अफ काठमाडौँ शिर्ष स्थानमा रहेको छ । सो बैंकको १४ करोड ७६ लाख ५६ हजार ३९ बराबरको कारोबार भयो । यस्तै शिखर इन्स्योरेन्स १३ करोड ४७ लाख १२ हजार ७२७, अरुण भ्याली हाइड्रो पावर १२ करोड ३० लाख ८१ हजार ६१२, नेपाल पुनःबिमा कम्पनी आठ करोड ४१ लाख ७३ हजार ७४७, नेको इन्स्योरेन्स सात करोड ७९ लाख ९१ हजार ८९२, कुमारी बैंक  छ करोड ७५ लाख ८४ हजार ८४७ र कामना सेवा विकास बैंक छ करोड ७२ लाख ८० हजार ७४२ बराबरको कारोवार भई शिर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक १०, कामना सेवा विकास बैंक ९.६३, मल्टीपर्पोज फिनान्स कम्पनी ९.६०, कर्पोरेट डेभलपमेन्ट बैंक ९.५८, दिव्यश्वरी हाइड्रोपावर ९.५२, बैंक अफ काठमाडौँ ९.३० र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.१९ प्रतिशतले कमाए ।

यस्तै माउण्टेन हाइड्रो ९.८०, पञ्चकन्या माई हाइड्रो ६.६७, हिमालयन ऊर्जा विकास कम्पनी ६.३७, युनिभर्सल पावर कम्पनी ५.९७, रैराङ हाइड्रोपावर ५.३३ र युनाइटेड मोदीका लगानीकर्ताले ५.१६ प्रतिशतले गुमाए ।

प्रकाशित समय १८:४३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु