fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सेयर बजार ७ अंकले घट्दा जलविद्युत समूहमा उछाल

सेयर बजार ७ अंकले घट्दा जलविद्युत समूहमा उछाल

nepse-index-newskarobar

सेयर बजार परिसूचक नेप्से मंगलबार ७ अंकले घट्दा जलविद्युत कम्पनीका लगानीकर्ताले भने राम्रो आम्दानी गरेका छन् । १२ कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेकोमा ११ वटा जलविद्युत कम्पनी छन् । त्यस्तै नेपाल फाइनान्सको सेयर मूल्य पनि सर्वाधिक बढ्ने १० सूचीमा परेको छ ।

जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी, आखु खोला, घलेम्दी हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, युनियन हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र दिव्येश्वरी हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

मंगलबार १९२ कम्पनीको सेयर कारोबार भएकोमा ५० कम्पनीले कमाएका छन् । कमाउने ५० कम्पनीमा जलविद्युत समूहका कम्पनीको वर्चश्व छ । कुल ७३ लाख ५ हजार १११ कित्ता सेयर १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँबराबरमा किचबेच भयो । कारोबारको अन्त्यमा ७.२१ अंकले नेप्से घट्दा परिसूचक १५५३.६२ अंकमा झरेको छ ।

बैंक, व्यापार, होटल, विकास बैंक, वित्त, निर्जीवन बिमा, अन्य, लघुवित्त र जीवन बिमा समूह घटेका छन् भने जलविद्युतसहित उत्पादनमूलक र म्युचुअल फन्ड समूह बढेका छन् ।

प्रकाशित समय १६:४५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु