fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ मेरो सेयर मोबाइल एप आज सार्वजनिक गरिँदै

मेरो सेयर मोबाइल एप आज सार्वजनिक गरिँदै

सीडीएससी भन्छ- आईपीओ भर्दा अब समस्या हुँदैन

प्राविधिक क्षमता बलियो बनाउन डेस्कटप प्रणालीलाई विस्थापित गरी वेब बेस प्रणालीमा स्तरोन्नति हुँदै गएको केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले मेरो सेयरको क्षमता बढ्ने गरी बुधबार नै ‘मेरो सेयर मोबाइल एप’ ट्रायल भर्सन सार्वजनिक गर्ने भएको छ । सीडीएससीको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले भदौभित्र एप सार्वजनिक गर्न जनाएको प्रतिबद्धताअनुसार आजै एप सार्वजनिक गर्न लागिएको हो ।

सीडीएससीको जिम्मेवारी सम्हालेकै दिन प्रतिबद्धता जनाएअनुसार आजै एपको ट्रायल भर्सन सार्वजनिक गर्न लागेको उनले जानकारी दिए । लगानीकर्तालाई जति सक्दो धेरै र उत्कृष्ट सेवा प्रदान गर्न आचार्यले असोजभित्र सक्ने गरी तीनवटा काम अघि बढाएका छन् । जसअनुसार सीडीएससी असोजभित्रै वेब बेस प्रणालीमा जानेछ ।

सीडीएससीले एक साताभित्र सबै ७६ वटा नै निक्षेप सदस्यलाई वेब बेसमा आउन सूचित गरिसकेको छ । एक साताभित्र वेब बेसमा नआउने निक्षेप सदस्यलाई कुनै प्राविधिक समस्या आए त्यसको जिम्मेवारी सीडीएससीले नलिने जनाएको छ । ‘एक साताभित्रै हामी वेब बेस प्रणालीमा जाँदै छौं,’ उनले भने, ‘हालसम्म ६३ वटा निक्षेप सदस्य वेब बेसमा आइसकेका छन्, अरुलाई तत्काल आउन भनिसकेका छौँ ।’

सीडीएससीको सिस्टम भेन्डर कम्पनी टाटा कन्सल्टेन्ट सर्भिस मुम्बईले समेत डेस्कटप बेसमा काम गर्ने प्राविधिक नभएको र अब त्यस्तो सेवा संसारबाटै हराउँदै गएकाले तत्कालै वेब बेसमा जान भनेको थियो । वेब बेसमा जाँदा सर्भरहरूमा कम दबाब पर्ने भएकाले सेवा चुस्त हुन्छ ।

सीडीएससीलाई मेरो सेयरको क्षमता बढाउन पनि दबाब पर्दै आएको थियो । केही दिनअघि तीनवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) एकैपटक खुल्दा आवेदन दिने क्रममा लगानीकर्ताले निकै सास्ती खेप्नुपरेको थियो । ‘अब ट्राफिक निकै बढे पनि समस्या नहुने गरी क्षमता बढाइएको छ,’ सीईओ आचार्यले भने, ‘अब लाखौं मानिसले एकैपटक लग इन गरे पनि समस्या नआउने गरी अपग्रेड हुनेछ ।’ त्यसका लागि फरक फरक गेटवेहरूको निर्माण भइरकेको उनले जानकारी दिए । मोबाइल एप लन्च भएसँगै धेरै ठाउँबाट लग इन गर्न सकिन्छ । वेबसाइटमा मात्रै भार नपरेसँगै सेयरमा आवेदन दिन सहज हुने सीडीएससीले जनाएको छ ।

ट्रायल भर्सन भए पनि मेरो सेयरबाटै अपरेसन हुने भएकाले होसियारीपूर्वक प्रयोग गर्न सीडीएससीले अनुरोध गरेको छ ।

प्रकाशित समय १५:३७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु