fbpx
corona information

गृहपृष्ठ नेप्से ४ अंक घट्यो, पाँच कम्पनीको मूल्यमा ९ प्रतिशत वृद्धि

नेप्से ४ अंक घट्यो, पाँच कम्पनीको मूल्यमा ९ प्रतिशत वृद्धि

share-decrease-newskarobar

सेयर बजार परिसूचक नेप्से ४ अंकले घटेको छ । नेप्सेमा सूचीकृत होटल, जीवन बिमा र म्युचुअल फन्डबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।

आज १९१ कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता सेयर १ अर्ब ८० करोड रुपैयाँबराबरमा किनबेच भएको छ । घटेको बजारमा पनि पाँच कम्पनीको मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

दिव्येश्वरी हाइड्रोपावरको मूल्यमा सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

मंगलबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ११ करोड २१ लाख, कुमारी बैंकको ६ करोड ५१ लाख, नेको इन्स्योरेन्सको ६ करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ४२ लाख, नेपाल बैंकको ५ करोड ९४ लाख र शिखर इन्स्योरेन्सको ५ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचीमा सूर्य लाइफ इन्स्योरेन्स, हिमालय डिस्टिलरी, शिवम् सिमेन्ट र बैंक अफ काठमाडौँ पनि छन् ।

प्रकाशित समय १७:२८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु