fbpx
corona information

गृहपृष्ठ सेयर बजार निरन्तर उकालो, करिब साढे ३ अर्बको कारोबार

सेयर बजार निरन्तर उकालो, करिब साढे ३ अर्बको कारोबार

सेयर बजार परिसूचक (नेप्से) लगातार उकालो लाग्न थालेको छ । गत साताको मंगलबारदेखि लगातार बढ्न थालेको नेप्से यो साताको पहिलो दिन आइतबार पनि १६ अंकले उकालो लागेको हो ।

व्यापार, वित्त र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १६.५६ अंकले बढेर १५३७.२५ अंकमा उक्लिएको छ । आइतबार १९१ कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता सेयर ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँमा किनबेच भयो ।

निर्जीवन बिमा समूह सर्वाधिक ४.०५ प्रतिशतले बढ्दा होटल ३.७९, जलविद्युत ३.६४ र जीवन बिमा समूह २.९८ अंकले बढेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, राधी हाइड्रो र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी २४ करोड २० लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १९ करोड ३० लाख, नागरिक लगानी कोष १६ करोड ३९ लाखलगायत छन् ।

प्रकाशित समय १७:५४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु